मुल्यवृद्धि बिरुद्धको आन्दोलनमा बिद्यार्थी संठगन बिभाजित

काठमाण्डु टुडे २०७० चैत ५ गते २:४८ मा प्रकाशित

nebi sanghकाठमाण्डु, ५ चैत – मुल्यवृद्धिको बिरोधमा एकैठाउ उभिएका बिभिन्न संगठनहरु उपत्यका बन्द कार्यक्रममा बिभाजित भएका छन् ।

सरकारले दुध, डिजेल र पेट्रोलमा गरेको चर्को मुल्यवृद्धिको बिपक्षमा रहेका बिद्यार्थी संगठनहरु बिभाजित भएका हुन् ।

सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेका बिद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुले उपत्यका बन्द जस्ता कार्यक्रमबाट हात झिेकेका छन् ।

उनीहरुले औपचारिक रुपमै बन्द र हड्तालको पक्षमा नरहेको बताएपछि प्रतिपक्ष दल एकीकृत माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा १५ बिद्यार्थी संगठनले बुधवार उपत्यका बन्द गराएका छन् ।

flag of akhilक्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले नेविसंघ र अनेरास्ववियुले धोका दिएको बताए ।

रायमाझीले भने ‘ राति आएर दुई संगठनले बन्दमा आफ्नो समर्थन नरहेको बताए, यो जति धोका र गद्धारी अरु हुँदैन । ’

उनले भने मुल्यवृद्धिको हामी डटेर बिरोध गर्छौ ।

सरकारसँगको वार्ता र चक्काजाम जस्ता कार्यक्रममा सवै बिद्यार्थी संगठनसँगै थिए ।

तर नेविसंघका प्रवक्ता युपि लामिछानेले बन्दले जनतलाई सास्ती हुने हुँदा समर्थन नगरेको प्रष्ट्याए ।

लामिछानेले भने ‘ एसएलसी दिने बिद्यार्थी बन्दको मारमा पर्छन् बिद्यार्थीलाई अप्ठ्यारोमा पारेर कस्का लागि राजनीति गर्ने ?’

पार्टीको चुनावी एजेण्डामा पनि बन्द हड्ताल नगर्ने उल्लेख भएकाले नेविसंघको समर्थन नरहेको उनले दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us