दाङ, ५ चैत – नेकपा एमालेका सचिव शङ्कर पोखरेलले संविधान निर्माणको कामसँगै स्थानीय निकायको चुनाव गराउँदा फरक नपर्ने बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार भेटघाटमा उनले तत्काल दलहरूको सहमतिमा स्थानीय निकायको चुनावको मिति तोक्नुपर्ने बताए । अधिकांश दलहरूले आफ्नो घोषणापत्रमा संविधानसभाको...
काठमाण्डु, ५ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत कागजातका आधारमा अन्तिम श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको अभियोगमा वैदेशिक रोजगार विभागका नौजना कर्मचारीलाई पक्राउ गरेको छ । आयोगले विभागका निर्देशक चिरन्जीवी अधिकारी, शाखा अधिकृतहरू कुमारप्रसाद पोखरेल, गम्भीरसिंह बिष्ट, लवराज जोशी, बाबुलाल रेग्मी, नायब...
इटहरी, ५ चैत – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादीसँग तत्काल एकता नहुने बताएका छन् । इटहरीको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा वैद्यले एमाओवादीका केही नेता कार्यकर्ताले तत्काल पार्टी एकीकरण हुँदैछ भन्ने हल्ला नियोजित रुपमा फैलाएको आरोप लगाए । नेकपा–माओवादी र एनेकपा...
भक्तपुर, ५ चैत – परीक्षा नियन्त्रण कार्यालय सानोथिमि भक्तपुरले भोलि (विहीबार) देखि देशभर एकैसाथ सुरु हुने एसएलसी (प्रवेशिका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । परीक्षा शान्तिपूर्ण एवम्...
काठमाण्डु, ५ चैत – संविधानसभा नियमावली २०७० र संविधानसभा व्यावस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली २०७० को मस्यौदा प्रतिवेदनमाथि बुधबार संविधानसभामा सामान्य सैद्धान्तिक छलफल भएको छ । छलफलमा भाग लिने सभासद्ले एक वर्षभित्रै संविधान जारी हुनुपर्ने, संविधानसभामा दलीय आधारका साथै सभासद्को सार्वभौम अधिकार प्रयोग हुनुपर्ने, गत...
काठमाण्डु, ५ चैत – राजधानीको पुतलिसडक स्थित शंकरदेव क्याम्पस अगाडि भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टी भएको छ । बम हुनसक्ने आशंकामा त्यहाँ पुगेकाे नेपाली सेनाको डिस्पोजल टोलीले बम नभएको पुष्टी गरेको हो । सो शंकास्पद झोला खोलेर हेर्दा जिन्सको पाइन्ट र लिपस्टिक भेटिएको...
काठमाण्डु, ५ चैत – स्थानीय निकायको चुनावमा यौनिक तथा लैैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी तेश्रोलिङ्गीलाई अनिवार्य उम्मेदवार बनाउने व्यवस्था गर्न नीलहीरा समाजले सरकारसँग माग गरेको छ । स्थानीय चुनावका लागि स्थानीय स्वायत्त शासन ऐन २०५५ संशोधन विधेयकमा गाउँ विकास समिति, नगरपालिका, उपमहानगरपालिका, जिल्ला विकास समितिमा समलिङ्गी...
गौशाला, ५ चैत – बढ्दो ध्वनि प्रदूषण र अश्लील गीत बजाएर समाजमा विकृति बढाउन थालेपछि महोत्तरी प्रहरीले भारतीय डिजे बाजा नियन्त्रण अभियान सुरु गरेको छ । सांस्कृतिक र सामाजिक गरिमामा आँच पु¥याउने खालका अश्लील र द्वयअर्थी गीत बजाएर चेलीबेटीको आत्मसम्मानमा ठेस पु¥याउने भएकाले प्रहरीले...
कञ्चनपुर– कञ्चनपुरका १९ वटै गाविस कार्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । मानव विकास तथा सामाजिक सुरक्षा परीक्षण कार्यक्रमअन्र्तगत गाविस कार्यालयहरुमा इन्टरनेट सेवा विस्तार गरिएको हो । विश्व बैंकको सहयोगमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संलग्नतामा यहाँका १९ वटै गाविसमा एक वटा कम्प्युटर,...
बागलुङ, ५ चैत – बिहीबारदेखि सुरु हुने प्रवेशिका परीक्षालाई मर्यादित बनाउन जिल्लामा तीन तहको अनुगमन व्यवस्था मिलाइएको छ । अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन जिल्ला शिक्षा कार्यालयले यो वर्षदेखि उच्चस्तरीय परीक्षा अनुगमन समिति, जिल्लास्तरीय अनुगमन समिति र क्षेत्रीय परीक्षा अनुगमन समिति गरी तीन तहमा अनुगमन...
काठमाण्डु, ५ चैत – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा भोक हड्तालमा बसेका छन् । प्रहरीले गिरफ्तार गरेर महानगरीय प्रहरी बृत्त कमलपोखरीमा राखेका शर्माले प्रहरी हिरासतमै भोक हड्ताल सुरु गरेका हुन् । शर्मालाई बिहान प्रहरीले पक्राउ गरेको थियो...
काठमाण्डु, ५ चैत – प्रधानमन्त्री सुशील कोइरालाले पोट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा भइरहको आन्दोलन स्थगित गराइदिन एमाओवादी र एमालेका अध्यक्षलाई आग्रह गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालसँग बुधबार भेटेर कोइरालाले विद्यार्थीहरुको आन्दोलन स्थगित गराइदिन आग्रह गरेका...