समाचार

गिरिजाबाबुको प्रेरणाले एक वर्षमा संविधान : प्रधानमन्त्री

२०७० चैत ७ गते ७:५६

काठमाण्डु, ७ चैत – नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट नै आफूलाई एक वर्षभित्रमा संविधान बनाउन प्रेरणा जागेको बताएका छन् । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व सभापति स्व कोइरालाको पाँचौँ पुण्यतिथिमा प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपालले शुक्रबार पार्टी कार्यालय...

उमाविहरुले मनलाग्दी शुल्क लिन नपाउने

२०७० चैत ७ गते ७:४७

काठमाण्डु, चैत – उच्चमाध्यमिक विद्यालयले चारित्रिक प्रमाणपत्र र भर्ना फारामबापत मनोमानी शुल्क लिन नपाउने भएका छन् । कतिपय उमाविले चारित्रिक प्रमाणपत्रका लागि दुई हजार र कक्षा ११ को भर्नाको फारामका लागि एक हजारसम्म लिएको भन्ने गुनासो परेपछि उच्चमाध्यमिक शिक्षा परिषद्ले पहिलो पटक ती शीर्षकमा...

बसको ढोकाबाट खसेर दर्शनार्थीको मृत्यु

२०७० चैत ७ गते ७:४४

तनहुँ, ७ चैत – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे आँबुखैरेनी सडकखण्डमा पर्ने बन्दीपुर गाविस– ८ याम्पाफाँटमा बसको ढोकाबाट खस्दा एक यात्रुको शुक्रबार मृत्यु भएको छ ।  जिल्लाको छाब्दी बाराही मन्दिरतर्फ जाँँदै गरेको ना४ख ७२१९ नम्बरको बसमा यात्रा गरिरहेका नवलपरासी रजहर गाविस–४ निवासी वर्ष ३५ का मदन...

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा दुईजना पक्राउ

२०७० चैत ७ गते ७:३८

काठमाण्डु, ७ चैत – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोरखा फुजेल–६, का ७४ वर्षीय छविलाल पौडेल र उनका भतिजा ४२ वर्षीय भीमसेन पौडेललाई चितवन र काठमाण्डुबाट पक्राउ गरिएको हो । गएराति ११ बजे रत्ननगर नगरपालिका–११ बाट...

जातीय बिभेद बिरुद्धको अन्तर्राष्ट्रिय दिवश मनाइदै

२०७० चैत ७ गते ३:५३

काठमाण्डु, ७ चैत –जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाईंदैछ । नेपालमा दिगो शान्ति र सामाजिक न्यायका लागि दलित मैत्री संविधान ः जातीय छुवाछुत अन्त्यका १० वर्षे एकिकृत रणनीतिक अभियान नाराका साथ आज विभिन्न कार्यक्रम गरि मनाइन लागिएको हो । दिवसको अवसरमा विभिन्न संघसंस्था,...

क्रिकेटले राष्ट्रिय गौरवलाई माथि उठायो : प्रचण्ड

२०७० चैत ७ गते ३:२३

काठमाण्डु, ७ चैत – एकीकृत माओवादीले ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गर्न सफल राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको सन्देशमा नेपालको किर्तिमानी जितले सारा नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख छ । यस्तो छ, प्रचण्डको शुभकामना सन्देश...

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवश

२०७० चैत ७ गते २:५०

काठमाण्डु, ७ चैत – पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोईरालाको चौथो स्मृति दिवसमा नेपाली काँग्रेसले आज देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दैछ । प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोईरालाको उपस्थितीमा काँग्रेसको केन्द्रिय कार्यालयमा वृक्षारोपण कार्यक्रम हुँदैछ । यस्तै दिउँसो राष्ट्रिय सभागृहमा जी.पी. कोईराला...

आजदेखि सवै क्यासिनो बन्द !

२०७० चैत ७ गते २:२०

काठमाण्डु, ७ चैत – सरकारले पटक पटक अवसर दिदै आए पनि अटेर गरी अनुमतिपत्र नवीकरण नगर्ने तथा रोयल्टी नतिर्ने नेपालमा संचालित क्यासिनो आजदखि बन्द हुने भएका छन् । पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले आजदेखि सवै क्यासिनो सञ्चालन अवैध भएको दावी गरे । अर्यालले भने‘...

मुल्य बृद्धि विरुद्ध नेपाल बन्द होईन,नेता बन्दको घोषणा

२०७० चैत ६ गते १०:४२

काठमाण्डु, चैत्र ६ गते देशमा पछिल्लो समय बढ्दै गरेको हिंसात्मक आन्दोलनको विरोधमा युवाहरुले अब सकारात्मक सन्देश प्रवाह गर्नका लागि पनि मोटिभेशनल युथ मुभमेन्ट चलाउनु पर्ने बताएका छन । युथ मुभमेन्टका संयोजक सन्तोष अधिकारीले देशमा पछिल्लो समय बढ्दै गएको हिंसात्मक आन्दोलनलाई सदाका लागि त्याग्दै, नयाँ...

१० वर्षभित्र कृषि क्रान्ति हुने कृषि मन्त्रीको दावी

२०७० चैत ६ गते १०:३१

काठमाण्डु, ६चैत कृषि मन्त्री हरि पराजुलीले आगामी १० बर्ष भित्रमा नेपालमा कृषि क्रान्ति पूरा हुने दावी गरेका छन । मन्त्री पराजुलीले कृषि क्रान्तिका लागि आधार तयार भैसकेको र त्यसका लागि सरकारले प्रयाप्त गृहकार्यको खाका समेत तयार पारेको बताए । कृषि क्षेत्रमा काम गरेको आफ्नो...

३३ दलीय मोर्चाले घोषणा गरयो संघर्ष

२०७० चैत ६ गते १०:१७

काठमाण्डु ६ चैत नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संघर्षको घोषणा गरेको छ । माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बिहिवार बसेको मोर्चाको कार्यदलको बैठकले संघर्षका कार्यक्रमको घोषणा गरेको हो । मोर्चाले चैत्र १ गते ३३ दलको बैठक बसी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध...

बाँकेमा आठजना बालश्रमिकको उद्धार

२०७० चैत ६ गते ८:१८

नेपालगन्ज, ६ चैत – केही महिनायता बाँके जिल्लामा बालश्रमिक राख्ने प्रवृत्ति मौलाउँदै गएपछि जिल्ला बाल कल्याण समितिले उद्धार कार्यमा सक्रियता देखाएको छ । श्रम कार्यालय बाँकेको सहकार्यमा समितिले बुधबारसम्म नेपालगन्जका होटल तथा मिठाई पसलमा कार्यरत आठ बालश्रमिकलाई उद्धार गरेको छ । उद्धार गरिएका सबै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us