नेपालगन्ज, ६ चैत – केही महिनायता बाँके जिल्लामा बालश्रमिक राख्ने प्रवृत्ति मौलाउँदै गएपछि जिल्ला बाल कल्याण समितिले उद्धार कार्यमा सक्रियता देखाएको छ ।
श्रम कार्यालय बाँकेको सहकार्यमा समितिले बुधबारसम्म नेपालगन्जका होटल तथा मिठाई पसलमा कार्यरत आठ बालश्रमिकलाई उद्धार गरेको छ । उद्धार गरिएका सबै बालबालिका १२ वर्षमुनिका रहेका समितिले जनाएको छ ।
एक तथ्याङ्कअनुसार यस जिल्लामा करिब तीन हजार बालबालिका होटल, कलकारखाना, यातायात व्यवसायलगायतका क्षेत्रमा कार्यरत रहेका छन् ।