जातीय बिभेद बिरुद्धको अन्तर्राष्ट्रिय दिवश मनाइदै

काठमाण्डु टुडे २०७० चैत ७ गते ३:५३ मा प्रकाशित

काठमाण्डु, ७ चैत –जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाईंदैछ । नेपालमा दिगो शान्ति र सामाजिक न्यायका लागि दलित मैत्री संविधान ः जातीय छुवाछुत अन्त्यका १० वर्षे एकिकृत रणनीतिक अभियान नाराका साथ आज विभिन्न कार्यक्रम गरि मनाइन लागिएको हो ।
दिवसको अवसरमा विभिन्न संघसंस्था, अधिकारकर्मी, नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधी पेशाकर्मी, शिक्षक, विद्यार्थी लगायतको सहभागीतामा भृकुटीमण्डपबाट ¥याली निकाली वल्र्ड ट्रेड सेन्टरमा पुगी विशेष कार्यक्रम गर्ने तयारी छ ।
संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेयता सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा दिवस मनाउने गरिएको हो । नेपालले सन् १९७१ मा महासन्धि अनुमोदन गरेको थियो ।
२०६२÷६३ को जनआन्दोलनपछि पुनस्थापित संसदले २०६३ जेठ १६ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । यस्तै जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ व्यवस्थापीका संसदबाट पारित भईसकेपनि जातिका आधारमा गरिने भेदभावमा कमी आउन सकेको छैन ।
छुवाछुत र विभेद पूर्ण रुपमा अन्त्य गर्नका लागि राष्ट्रिय एकता र प्रयास आवश्यक भएकोमा अधिकारकर्मीहरुले जोड दिएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us