१० वर्षभित्र कृषि क्रान्ति हुने कृषि मन्त्रीको दावी

काठमाण्डु टुडे २०७० चैत ६ गते १०:३१ मा प्रकाशित

काठमाण्डु, ६चैत कृषि मन्त्री हरि पराजुलीले आगामी १० बर्ष भित्रमा नेपालमा कृषि क्रान्ति पूरा हुने दावी गरेका छन । मन्त्री पराजुलीले कृषि क्रान्तिका लागि आधार तयार भैसकेको र त्यसका लागि सरकारले प्रयाप्त गृहकार्यको खाका समेत तयार पारेको बताए ।
कृषि क्षेत्रमा काम गरेको आफ्नो प्रशस्त अनुभब रहेको दावी गर्दै रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री पराजुलीले कृषि क्षेत्रको आमुल परिबर्तनका लागि सरकार गृहकार्यमा जुटेको बताए । मन्त्री पराजुलीले भने – घरमा पालेका गाई भैसी बाख्रा बेचेर खाडी मुलुकमा मजदुरी गर्नुपर्ने युवाहरुको बाध्यताको अन्त्य गर्छु  । कृषिमा देखिएको निर्बाहमुखी पद्धतीको अन्त्य गर्दे व्यवसायीक उत्पादनमा जोड दिने प्रतिबद्धता जनाउदै उनले आधुनिक कृषि प्रणालीको विकास गरी मुलुकलाई आत्मनिर्भरको बाटोमा लैजाने जिकिर गरे ।
मन्त्री पराजुलीले परम्परागत कृषि प्रणालीको अन्त्य गरी युवाहरुलाई स्वरोजगारको बाटोमा लैजान उन्नत बिउ, आधुनिक प्रबिधि अनुसारको सिप र साधनको बिकास गर्नुपर्ने बताए । खेती लगाउने समयमा किसानहरुका लागी यसपटक भने मलको कुनै अभाब हुन नदिने उनको प्रतिबद्धता थियो । नजिकिदो बर्षायामका लागि भारतबाट आबश्यक मात्रामा मल मगाइएको समेत उनले जानकारी दिए ।
राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशब बडालले सहकारी मार्फत कृषि क्षेत्रको बिकास गर्नुपर्ने बताए । उनले तराई क्षेत्रमा मात्रै गरिएको सिंचाइको व्यवस्थालाई मध्य पहाडी तथा पहाडी क्षेत्रमा समेत बिस्तार गर्नुपर्ने माग गरे । बडालले दुधमा गरिएको मुल्यबृद्धि किसानका लागि फाइदाजनक भएको भन्दै व्यवस्थापनका लागि अझै थोरै नाफाको व्यवस्था गर्नुपर्ने बताए ।
अहिलेसम्म सहकारी ऐन २०४८ मात्रै रहेकोले अब छिट्टै नया ढंगले सहकारी कानुन ल्याउनुपर्ने भन्दै बडालले भने–राम्रो काम गर्नेहरुलाई सम्मान तथा सहकारीको नाउमा बेइमान गर्नेहरुलाई कडा कारबाही गर्नुपर्छ । उनले सहकारी मैत्री संविधान बन्नुपर्नेमा जोड दिए । चैत्र ११,१२ र १३ गते काठमाण्डुमा हुने प्रथम राष्ट्रिय सहकारी महासम्मेलनले सहकारीलाई एउटा नया दिशा दिने उनको दावी थियो ।
महासम्मेलन मुल समारोहका सहअध्यक्ष समेत रहेका बडालले महासम्मेलनबाट नेपालको सहकारी क्षेत्रले बिश्व सहकारी आन्दोलनको अनुभब समेत हासिल गर्ने बताए । महासम्मेलको उद्घाटन राष्ट्रपति रामबरण यादबले उदघाटन गर्नेछन भने महासम्मेलनमा विश्व सहकारी अभियानको सबैभन्दा माथिल्लो निकाय अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष डेम पाउलिन ग्रिन(बेलायत) थाईलेण्ड ,मलेशिया, श्रीलंका ,भारत, र चिनका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत संविधानसभा सभासदहरु , बिश्वबिद्यालयका प्राज्ञहरु लगाएतको उपस्थिति रहनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us