
काठमाण्डु, ७ चैत – सरकारले पटक पटक अवसर दिदै आए पनि अटेर गरी अनुमतिपत्र नवीकरण नगर्ने तथा रोयल्टी नतिर्ने नेपालमा संचालित क्यासिनो आजदखि बन्द हुने भएका छन् ।
पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले आजदेखि सवै क्यासिनो सञ्चालन अवैध भएको दावी गरे ।
अर्यालले भने‘ पछिल्लो पटक दिइएको चार महिनामा पनि क्यासिनोले अनुमतिपत्र नवीकरण नगरेको र रोयल्टी नतिरेकाले सवै क्यासिनो अवैध भएका हुन । ’
क्यासिनो सञ्चालन नियमावली संशोधन गरि पुन म्याद थप्ने वा बन्द गर्ने सरकारसँग दुईवटा विकल्प मात्र भएको अर्यालले बताए ।
नवीकरण नगरी र रोयल्टी नतिरी सरकारले बनाएको नियमावली कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेशको माग गर्दै क्यासिनो संचालक सर्वोच्च अदालत पुगको थिए ।
न्यायाधीश सुशीला कार्कीको इजलाशले सर्वोच्चको आदेशमै नियमावली बनेको भन्दै अन्तरिम आदेश जारी गर्न बिहिबार अस्वीकार गरेको छ ।
क्यासिनो नेपालले ३१ करोड ८८लाख, क्यासिनो अन्नाले, २०करोड ४७ लाख, क्यासिनो रोयलले, एक अर्व डेढ करोड, क्यासिनो फुलवारीले, २१ करोड २८ लाख, क्यासिनो ताराले ५ करोड ४९ लाख, क्यासिनो ¥याडले ५ करोड ५३ लाख, क्यासिनो भेनसले ५५ लाख नवीकरण तथा रोयल्टी वापत बुझाउन पर्ने छ ।