स्थानीय चुनावले संविधान लेख्न छेक्दैन : पोखरेल

काठमाण्डु टुडे २०७० चैत ५ गते १२:४७ मा प्रकाशित

Shankar-pokhrelदाङ, ५ चैत – नेकपा एमालेका सचिव शङ्कर पोखरेलले संविधान निर्माणको कामसँगै स्थानीय निकायको चुनाव गराउँदा फरक नपर्ने बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार भेटघाटमा उनले तत्काल दलहरूको सहमतिमा स्थानीय निकायको चुनावको मिति तोक्नुपर्ने बताए ।

अधिकांश दलहरूले आफ्नो घोषणापत्रमा संविधानसभाको चुनाव भएको छ महिनाभित्र स्थानीय चुनाव गराउने उल्लेख गरेको चर्चा गर्दै सचिव पोखरेलले स्थानीय निकायको निर्वाचनको विकल्प नभएको बताए ।

संविधानसभा बाहिर रहेका दलहरूलाई संविधान निर्माण प्रक्रियामा ल्याएर भए पनि तोकेको समयमा जनतालाई संविधान दिनुपर्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us