
गौशाला, ५ चैत – बढ्दो ध्वनि प्रदूषण र अश्लील गीत बजाएर समाजमा विकृति बढाउन थालेपछि महोत्तरी प्रहरीले भारतीय डिजे बाजा नियन्त्रण अभियान सुरु गरेको छ ।
सांस्कृतिक र सामाजिक गरिमामा आँच पु¥याउने खालका अश्लील र द्वयअर्थी गीत बजाएर चेलीबेटीको आत्मसम्मानमा ठेस पु¥याउने भएकाले प्रहरीले डिजे गीतमाथि नियन्त्रण अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।
प्रहरीले जिल्लाको जलेश्वर, मटिहानी, सम्सीलगायत एक दर्जनभन्दा बढी गाउँबाट २८ थान भारतीय डिजे बाजा नियन्त्रणमा लिएको जनाएको छ । जसका कारण ध्वनि प्रदूषणमा कमी आएको छ ।
अहिले भारतीय डिजेमाथि प्रहरीले कडाइ गरेपछि जिल्लाको ग्रामीण र सहरी क्षेत्रमा अश्लील गीत र होहल्ला हुन छाडेका छन् भने कर्कस आवाजबाट जिल्लावासी राहत महसुस गर्न थालेका छन् ।