तत्काल पार्टी एकीकरणको हुन्न : वैद्य

काठमाण्डु टुडे २०७० चैत ५ गते ११:०९ मा प्रकाशित

baidhyaइटहरी, ५ चैत – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादीसँग तत्काल एकता नहुने बताएका छन् ।

इटहरीको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा वैद्यले एमाओवादीका केही नेता कार्यकर्ताले तत्काल पार्टी एकीकरण हुँदैछ भन्ने हल्ला नियोजित रुपमा फैलाएको आरोप लगाए ।

नेकपा–माओवादी र एनेकपा माओवादी पार्टीबीचको कार्य दिशा नै फरक–फरक भएकाले पार्टी एकीकरणको त कुनै सम्भावना नै नभएको उनको भनाइ थियो ।

‘हाम्रो पार्टीको मूल मर्म नै जनवादी क्रान्ति हो,’ वैद्यले भने, ‘फरक विचार भएपछि पार्टी जुट्ने कुरा मित्थ्या हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us