सिरहा, ४ चैत – विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र राजस्व नबुझाएका कारण सिरहाका तीन सय बढी विद्यार्थी यस वर्षको एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
जिल्ला शिक्षा कार्यालय परीक्षा फाँटका रामआशिष यादवले सामुदायिक र संस्थागत विद्यालयमा सङ्कलन गरिएको विवरणअनुसार ३२० विद्यार्थीले एसएलसी दिन नपाउने जानकारी दिए ।