काठमाण्डु, ५ चैत –सिरहाको बेल्हा–७ मा आज विहान आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बेल्हा– ७ का तपेश्वर राईको गोठबाट आगलागी सुरु भएको थियो । आगलागीबाट स्थानीय तपेश्वर राई, गुजन राई, सिकिन्द्र साह, रमेश साह र महेश साहको पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आगलागीबाट स्थानीय गुजन महराको गाई आगोले जलेर मरेको छ । आगलागीका कारण कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागी स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्तटोलीले एक घण्टामा नियन्त्रणमा लिएको थियो ।