विपक्षीको अवरोधका कारण संसद स्थगित

काठमाण्डु टुडे २०७० चैत ४ गते ७:०५ मा प्रकाशित

Biccकाठमाण्डु, ४ चैत – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा प्रतिपक्षी सभासदहरुको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

विपक्षी सभासद्हरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बैठक सञ्चालनमा अवरोध पु¥याएपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

त्यसपछि पुन: बसेको बैठकमासमेत अवरोध जारी रहेपछि भोलिसम्मका लागि स्थगित भएको हो ।

यसअघि सरकारकातर्फबाट अर्थमन्त्रीले मूल्य वृद्धि गर्न पर्नुको कारण बारे जवाफ दिएका थिए । उनका जवाफ चित्त बुझ्दो नभएको भन्दै सभासदहरुले अवरोध गरेका हुन् ।

सरकारले चित्त बुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षीको अडान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us