मोर्चा बनाएर अघि बढ्नुको विकल्प छैन

काठमाण्डु टुडे २०७० चैत ४ गते ३:०६ मा प्रकाशित

matrika yadavकाठमाण्डु, ४ चैत -नेपालको कम्युनिष्ट आन्दोलन नेताहरुमा ब्याप्त गलत सोच र व्यवहारका कारण संकटग्रस्त भएको छ ।

छरिएर रहेकाहरुले आफुभित्र रहेका गैर मार्क्सबादप्रबृति त्याग्न तयार भएर छलफल थाल्नु पर्छ ।
आ-आफ्नो मनोगतवादी सोचबाट मुक्त भई वर्तमान अवस्थाको बारे साझा ठोस निष्कर्ष निकालेर तत्काल मोर्चा बनाएर अगाडि बढ्नु पर्छ ।

वैचारिक छलफल र दुश्मनका विरुद्ध संघर्षमा लागे पछि एक अर्कालाई बुझ्न सजिलो हुन्छ ।
त्यसैले हाल हुने कुरा पार्टी एकता होइन मोर्चा बनाएर जाने हो ।

भेटदैमा एकता हुने र बहस हुदैमा फुट्ने हल्लाको पछाडि नलागौ , मोर्चा बनाएर अघि बढ्नुको विकल्प छैन । कसैले कसैलाई सिध्याउने खेलमा नलागौ बरु सही दिशामा रुपान्तरण हुन एक अर्कालाई सहयोग गरौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us