संखुवासभा–२ चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीले संविधनसभा छाडेर बाहिर आए पार्टी एकता हुने बताएका छन् ।
संखुवासभाको खाँदबारीमा आइतबार भएको पत्रकार भेटघाटमा वैद्यले संविधानसभा छाडेर नयाँ जनवादी क्रान्तिको बाटोमा आए एमाओवादीसँग एकताका लागि तयार रहेको बताएका हुन् ।
निर्वाचनमा लज्जाजनक पराजय बेहोरेपछि एकीकृत माओवादी आफ्नो पार्टीसँग नजिएको भनाइ वैद्यको थियो । संविधानसभामा तेश्रो शक्तिमा खुम्चिएको एमाओवादी काँग्रेस एमालेले स्थानीय निर्वाचन गराएर बडार्ने खतरा बढेपछि पार्टी एकताको पक्षमा देखिएको दाबी वैद्यको छ ।
आफूहरुले प्रस्तुत गरेको ४० सूत्रीय मागमा सरकार गम्भीर नदेखिएको भन्दै वैद्यले २०५२ साल दोहोरिने सक्ने चेतावनी दिए । उनले तत्काल स्थानीय निर्वाचन भए आफूहरुले सशक्त बहिस्कार गर्ने बताए ।