स्याङ्जामा जीप दुर्घटना, ७ को मृत्यु ( नामावली सहित )

काठमाण्डु टुडे २०७० चैत २ गते ५:१३ मा प्रकाशित

काठमाण्डु, २ चैत – स्याङ्जाको तल्लो गल्याङ्गदेखि सिर्सेकोट गाविसको अकलादेवी मन्दिर जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सात जना घाइते भएका छन् । घाइते सवैको पाल्पा अस्पतालमा उपचार भइरहेको छ ।

आइतवार बिहान रिर्जभ गरेको लु १ ज १४५४ जीप अकला मन्दिरका लागि छुटेको थियो ।

पेलाकोटको स्यामथुम्कामा व्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जगत्रदेवीका ८का मनबहादुर नेपाली, ज्ञानु नेपाली, सिता नेपाली , तीन दोबाटे गाविसका कमल थापा, जगत्रदेवीकी शोभा मगर, कालिकाकोटकी किसमाया सार्की, चुक बहादुर सारु रहेका छन् । जीप सडकदेखि२ सय मिटर तल खसेको थियो ।
घाईते ६ जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us