होली मनाइदै, मर्यादित गराउन प्रहरी सक्रिय

काठमाण्डु टुडे २०७० चैत २ गते ३:२५ मा प्रकाशित

holi 1काठमाण्डु, २ चैत – होली पर्व आज आपसी सद्भाव, हर्ष र रङहरुको पर्व फागु अर्थात होली आज राजधानी उपत्यका सहित पहाडी जिल्लाहरुमा मनाईदै छ ।

पहाडी जिल्लाहरुमा आज फाल्गुन पुर्णिमाका दिन मनाइन्छ भने तराईका जिल्लाहरुमा भोली पल्ट मनाउने चलन छ ।

पौराणिक कथन अनुसार हिरण्यकश्यपकी बहिनी होलिकालाई आगोमा नजल्ने बरदान प्राप्त भएको र राजका छोरा प्रह्लाद आफु अनुकुल नभएको भन्दै हिरण्यकश्यपले मार्न लगाएका थिए ।

तर नजल्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई लिएर आगोमा गएपछि आगोले उल्टै होलिकालाई भष्म गरेको कथा उल्लेख छ । असत्यमाथि सत्यको विजयी भएको दिनको संझनामा होली पर्ब मनाउन थालिएको हो ।

होलीका अबसरमा युवा युवतिहरु समूह बनाएर एक आपसमा रंङ लगाउने गर्छन । तर पछिल्लो समय होलि अर्मादित भएको भन्दै सरकारले उच्छृङखल गतिविधी रोक्न प्रहरी समेत परिचालन गर्दै आएको छ ।

होलिमा अमर्यादित गतिविधी गर्नेलाई सार्वजनिक मुद्दा लगाउने प्रहरीले बताएको छ ।

प्रहरीले आज विहानै देखि मर्यादित बनाउने मापसे चेकजाँच सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us