काठमाण्डु, १ चैत – प्रधानमन्त्री सुशील कोइरालाले पार्टीका शीर्ष नेताहरुसंग मन्त्रिपरिषद् बिस्तार लगायतका बिषयमा आन्तरिक छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष नेता र काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु सम्मिलित बैठकमा सरकारका आगामी कार्यक्रम, मन्त्रिपरिषद् बिस्तार लगायतका बिषयमा छलफल भएको थियो ।
झण्डै करिब १ घण्टा चलेको अनौपचारिक छलफलमा एक बर्ष भित्र संबिधान निर्माण, स्थानीय निकायको निर्वाचन लगायतका बिषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा काँग्रेसका राजधानीमा उपलब्धी केन्द्रीय सदस्यहरु पनि सहभागी थिए ।