पूजाको प्रसाद खाँदा दुईको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन ३० गते २:०४ मा प्रकाशित

काठमाण्डु, ३० फागुन– धनुषाको देउरी परवाहा –८विन टोलमा पूजाको प्रसाद खाँदा दुई जनाको मृत्यु भएको छ ।

प्रसाद भनेर बाँडिएको खीर खाँदा उनीहरुको मृत्यु भएको हो । थप १२ जना सिकिस्त छन् ।

सिकिस्त तीन जनालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

मृत्यु हुनेमा ५५ बर्षीय सिघेश्वर मुखिया, र ४५ बर्षीय शिवशरण मुखिया छन् ।

५२ घरधुरी रहेको विन बस्तीमा गत सोमबार भुँइया महराजको पूजा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us