
काठमाण्डु, ३० फागुन – पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने सरकारी निर्णयको चौतर्फि विरोध सुरु भएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर १० तथा डिजल र मट्टितेलमा ६–६ रुपैयाँ वृद्धि गरेको थियो ।
मूल्य वृद्धिको विरोधमा अखिल क्रान्तिकारीले राजधानीमा प्रदर्शन गरेको छ ।
त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध ¥याली बागबजार, पुतलीसडक, पद्मोदयमोड हुँदै शान्तिबाटिमा पुगेर सम्पन्न भएको थियो । ¥यालीमा ‘आयल निगमलाई भ्रष्टाचार नियन्त्रण गर’, ‘निगममा हुने चुहावट नियन्त्रण गर’ लगायत नारा लगाइएको थियो ।
¥यालीपछि आयोजित सभामा अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको तत्काल फिर्ता लिनुपर्ने नत्र कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले विज्ञप्ति जारी गर्दै मूल्य वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । अन्यथा कडाभन्दा कडा संघर्षमा जान बाध्य हुने उनको चेतावनी छ ।
विज्ञप्तिको पूर्ण पाठ
नेकपा–माओवादीद्वारा भत्र्सना
यता, नेकपा–माओवादीले मूल्य वृद्धि गर्ने सरकारी निर्णयको विरोध गरेको छ । नेकपा–माओवादीद्वारा गठित संयुक्त जनसमितिले दूध र पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने सरकारी निर्णयको घोर भत्र्सना गरेको हो ।
समितिका अध्यक्ष देव गुरुङले विज्ञप्ति जारी गरेर एकपछि अर्को गर्दै गरेको मुल्य वृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । अन्यथा आन्दोलनमा उत्रन बाध्य हुने उनको चेतावनी छ ।