नब्बे वर्षका वृद्ध लुटिए

काठमाण्डु टुडे २०७० फागुन २९ गते ९:२२ मा प्रकाशित

गोरखा, २९ फागुन – गोरखाको लापु गाविसस्थित नौली खोलामा विहीबार बिहान एक वृद्ध लुटिएका छन् । भूपू भारतीय पेन्सनर ९० वर्षीय नरबहादुर गुरुङ बिहान ९ बजे लुटिएका हुन् ।
गोरखामा चलिरहेको पेन्सन क्याम्पबाट फागुन २७ गते पेन्सन लिएर गुम्दा वडा नं ६ स्थित माझगाउँ घर फर्कंदै गर्दा उनी लुटिएका हुन् ।

पेन्सन निकालेर काठमाण्डुमा रहेका छोराहरुलाई पठाई घरखर्चका लागि लगेको १५ हजार लुटेराले लुटेको उनले बताए । गुम्दा पञ्चायतका सभापतिसमेत रहेका गुरुङ हिँडेरै पेन्सन लिन गोरखा आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us