प्रहरीका दुई सई अख्तियारको हिरासतमा

काठमाण्डु टुडे २०७० फागुन २९ गते १२:३२ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogकाठमाण्डुमा कार्यरत दुई प्रहरी नायव निरीक्षक (सई) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका सई प्रकाशबहादुर मल्ल र महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई रुद्रराज पौड्याललाई नियन्त्रणमा लिइएर विशेषमा मुद्दा चलाईएको अख्तियारले जनाएको छ ।

५ लाख भन्दा बढी रुपैयाँ बराबरको धनमाल लिएको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले पहिलो पटक विशेष अदालतबाट १५ दिनको म्याद लिएर उनीहरुलाई हिरासतमा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us