समाचार

चैतदेखि बेलुका दुई घण्टा लोडसेडिङ घट्ने

२०७० फागुन २८ गते १०:१२

बनेपा, २८ फागुन – ऊर्जा मन्त्री राधा ज्ञवालीले चैतदेखि बेलुका दुई घण्टा लोडसेडिङ घट्ने बताएकी छिन् । काभ्रेको खोसीमा रहेको पनौती जलविद्युत केन्द्रको निरीक्षणपछि भएको अन्तक्र्रियालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले घरमा काम गर्ने गृहिणीका लागि लक्ष्य गरेर विद्युत कटौती घटाउन लागेको जानकारी दिइन् ।...

थप दाइजो माग्नेसँग सम्बन्ध विच्छेद

२०७० फागुन २८ गते ९:०१

राजविराज, २८ फागुन – सप्तरीको कञ्चनपुर गाविस–७ की २९ वर्षीया किरणकुमारी गुप्ताले थप दाइजो माग्ने पति ३९ वर्षीय नरेशप्रसाद गुप्ता रौनियारसँग सम्बन्ध विच्छेद गरेकी छिन् । नरेशले किरणलाई अंशबापत सात लाख ५१ हजार बुझाए पछि मिलापत्रमा दुवैबीच सम्बन्ध विच्छेद भएको अदालतले जानकारी दिएको छ...

शिक्षक सेवा आयोगले स्थगित अन्तर्वार्ता छिट्टै गर्ने

२०७० फागुन २८ गते ८:२४

काठमाण्डु, २८ फागुन – शिक्षक सेवा आयोगद्वारा स्थगन गरिएको विभिन्न तहको अन्तर्वार्ता कार्यक्रम एक हप्ताभित्र ल्याउने गरी तयारी भएको छ । नतिजामा अनियमितता भएको हुनसक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको नतिजामा छानबिन गरेको थियो र आयोगले सफाइ दिएपछि अन्तर्वार्ता कार्यक्रम प्रकाशनका लागि तयारी...

सत्य निरुपण र बेपत्ता खोजबिन आयोग अलग–अलग बनाइने

२०७० फागुन २८ गते ८:१८

मोरङ, २८ फागुन – सरकारले बेपत्ता खोजबिन र सत्य निरुपण आयोग अलग–अलग बनाउने तयारी थालेको छ । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका मानिसको खोजी गर्न बेपत्ता खोजबिन आयोग र ज्यादती भएका घटनाको अनुसन्धान गरी निरुपण गर्न सत्यनिरुपण आयोग बनाउन आदेश दिएपछि सरकारले...

लडाकु शिविरको छानविन प्रतिवेदन सार्वजनिक गर्छौं : बोगटी

२०७० फागुन २८ गते ७:४१

दोलखा, २८ फागुन – एमाओवादीले लडाकु शिविरभित्र भएको भनिएको अनियमितानाको विषयमा गरिएको छानविन प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ । छानविन समितिका संयोजक समेत रहेका एमाओवादी नेता पोष्टबहादुर बोगटीले छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् । क्रान्तिकारी पत्रकार संघ दोलखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा...

औचित्य पुष्टि गरेर हतियार उठाउँछौं : गजुरेल

२०७० फागुन २८ गते ७:२९

काठमाण्डु, २८ फागुन – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले औचित्य पुष्टि गरेर हतियार उठाउने चेतावनी दिएका छन् । सिन्धुलीको आठौं जिल्ला सम्मेलनको निर्णय सार्वजनिक गर्न बुधबार सिन्धुलीमाडीमा आयोजित कार्यक्रममा बोल्दै गजुरेलले औचित्य पुष्टि गरेर हतियार उठाउने बताएका हुन् । जनसंविधान निर्माणका लागि जस्तोसुकै कदम चाल्न...

वीरेन्द्र बहुमुखी क्याम्पसमा पठनपाठन ठप्प

२०७० फागुन २८ गते ७:१५

चितवन, २८ फागुन – वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकहरुले नौ महिनादेखिको वृद्धि तलब निकासा नभएको भन्दै बुधबारदेखि पठनपाठन ठप्प पारेका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको आह्वानमा पठनपाठन ठप्प भएपछि करिब तीन हजार विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । प्राध्यापक सङ्घ वीरेन्द्र क्याम्पसका एकाइ सभापति...

सार्क महासचिवको परराष्ट्र सचिवसँग भेट

२०७० फागुन २८ गते ७:०५

काठमाण्डु, २८ फागुन – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अर्जुनबहादुर थापाले निमित्त परराष्ट्र सचिव शङ्कर दास बैरागीसँग भेटवार्ता गरेका छन् । सचिव दासकै कार्यकक्षमा भएको शिष्टाचार भेटमा महासचिव थापाले दक्षिण एसियाका जनताको हितमा सार्कले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिमा नेपालले दिँदै आएको...

एकताबद्ध हुन प्रधानमन्त्री कोइरालाको सुझाव

२०७० फागुन २८ गते ७:०१

काठमाण्डु, २८ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले काँग्रेस निकट कानुन व्यवसायीको संस्था डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए)का नवनिर्वाचित पदाधिकारीलाई एकजुट भएर अगाडि बढ्न सुझाव दिएका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका कोइरालाले डिएलए पदाधिकारीहरुलाई बधाई दिँदै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका हुन् । भेटघाटका...

संसारकै दुर्लभ रूख नेपालमा भेटियो

२०७० फागुन २८ गते ५:०२

सङ्खुवासभा, २८ फागुन – जिल्लाको दिदि गाविसको चिचिला जङ्गलमा विश्वकै दुर्लभ रूख उन्यूँ भेटिएको छ । विश्वको दुर्लभ वनस्पतिको सूचीमा रहेको दुर्लभ रूख उन्यूँ चिचिला सामुदायिक वनमा पाइएको जिल्ला वन कार्यालय सङ्खुवासभाले जनाएको छ । अन्य उन्यूँहरू सर्वसाधारणले सोत्तरका लागि काट्ने गरेका छन् भने...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

२०७० फागुन २८ गते ४:४७

पोखरा, २८ फागुन –कास्कीको भरतपोखरीमा ट्याक्टर दुर्घटना हुदा १ महिलाको मृत्यु भएको भएको छ । दुर्घटनामा परी ६ जना घाईते भएका छन् । गएराती डाँडागाउबाट पोखरातर्फ जादै गरेको ग १ त ३१ ६२ नम्बरको ट्याक्टर भरतपोखरी २ चिलाउने खर्कमा दुर्घटनामा हुँदा रौतहट सितलपुरकी ३२...

होलीमा लोला हान्नेलाई दुई वर्षको कैद हुने

२०७० फागुन २८ गते ४:२३

भक्तपुर, २८ फागुन –होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्ने लगायतका कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ । होली पर्वका नाममा जथाभावी लोला हान्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको प्रहरी परिषर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us