होलीमा लोला हान्नेलाई दुई वर्षको कैद हुने

काठमाण्डु टुडे २०७० फागुन २८ गते ४:२३ मा प्रकाशित

holi 1भक्तपुर, २८ फागुन –होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्ने लगायतका कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ ।

होली पर्वका नाममा जथाभावी लोला हान्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको प्रहरी परिषर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जनाए ।

प्रहरी प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनका लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको छ ।

विगतमा बिस्केटजात्रा, गाईजात्राजस्ता विभिन्न चाडपर्वमा विकृति फैलाउन सहयोग पु¥याउनेहरु होली पर्वमा प्रहरीको विशेष निगरानीमा राखेको बताइएको छ

। होलीको दिनमा समेत कसैको इच्छाविपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङ्ग दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने प्रहरीले जनाएको छ ।

विगतमा यस्ता विकृतिका कारण लोला लागेर कानको जाली फुट्ने,आँखा फुट्ने, घाइते हुने भएको र लोला हान्दा ज्यानै जान सक्ने भएकाले यस्ता कार्यमा संलग्न हुनेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने प्रहरीले जनाएको छ ।

holiहरेक वर्ष होली पर्वका नाममा विकृति बढ्ने र होली आउन नपाउँदै जथाभावी रुपमा फोहोर पदार्थले हान्ने, महिलालाई हिँड्डुलमा समेत समस्या पर्ने र होली पर्वमा महिला तारो बन्नुपर्ने अवस्था आउने भएपछि प्रशासनले तिनै कुरालाई दृष्टिगत गदै होली पर्व नआउँदै सचेतना जगाउने कार्य गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले कहीँ कतै होली पर्वका नाममा यस्ता गलत कार्य भएमा तुरन्त प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us