चैतदेखि बेलुका दुई घण्टा लोडसेडिङ घट्ने

काठमाण्डु टुडे २०७० फागुन २८ गते १०:१२ मा प्रकाशित

बनेपा, २८ फागुन – ऊर्जा मन्त्री राधा ज्ञवालीले चैतदेखि बेलुका दुई घण्टा लोडसेडिङ घट्ने बताएकी छिन् ।

काभ्रेको खोसीमा रहेको पनौती जलविद्युत केन्द्रको निरीक्षणपछि भएको अन्तक्र्रियालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले घरमा काम गर्ने गृहिणीका लागि लक्ष्य गरेर विद्युत कटौती घटाउन लागेको जानकारी दिइन् ।

मन्त्री ज्ञवालीले भनिन्, ‘त्यसका लागि अध्ययन भइरहेको छ र अध्ययन प्रतिवेदन आएलगत्तै कार्यान्वयनमा जान्छ ।’

भारतबाट ल्याइने विद्युत्का लागि प्रसारण लाइन बनाउने काम अझै तीन किलोमिटर बाँकी रहेको उल्लेख गर्दै त्यो काम सकिएपछि पनि विद्युत कटौती घटाउन सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

सो जलविद्युत् केन्द्र बन्द हुने अवस्थामा पुगेको भन्दै काभ्रेको २२ औँ जिल्ला परिषद्ले ऊर्जा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको दोस्रो दिन मन्त्री ज्ञवालीले केन्द्रको निरीक्षण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी छन् ।

सो जलविद्युत आयोजनाको क्षमता दुई हजार ४०० किलोवाट भएकामा अहिले पानी सङ्कलन भएका बेलामा मात्रै ५०० किलोवाट  विद्युत् उत्पादन हुने गर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us