वीरेन्द्र बहुमुखी क्याम्पसमा पठनपाठन ठप्प

काठमाण्डु टुडे २०७० फागुन २८ गते ७:१५ मा प्रकाशित

Birendra Multipleचितवन, २८ फागुन – वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकहरुले नौ महिनादेखिको वृद्धि तलब निकासा नभएको भन्दै बुधबारदेखि पठनपाठन ठप्प पारेका छन् ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको आह्वानमा पठनपाठन ठप्प भएपछि करिब तीन हजार विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् ।

प्राध्यापक सङ्घ वीरेन्द्र क्याम्पसका एकाइ सभापति दयाराम पौडेलले करारका शिक्षकलाई स्थायी गर्न विज्ञापन गरिनुपर्ने, प्राध्यापकको बढुवा गरिनुपर्ने, प्राज्ञिक भत्ता बढाइनुपर्ने जस्ता १७ सूत्रीय माग राखेर तीन दिनसम्म कक्षा बहिष्कार गरिने बताए ।

वीरेन्द्र क्याम्पसमा ५७ जना करारसहित १६५ जना प्राध्यापक कार्यरत छन् । प्राध्यापक सङ्घले ६८ सालदेखि निरन्तर आन्दोलन गरेपनि आफूहरुले पर्याप्त सेवा सुविधा पाउन नसकेको प्राध्यापकले गुनासो गरेका छन् ।

वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख केशवभक्त सापकोटाले आन्दोलित प्राध्यापकको समस्या सम्बोधनका लागि पहल भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us