एकताबद्ध हुन प्रधानमन्त्री कोइरालाको सुझाव

काठमाण्डु टुडे २०७० फागुन २८ गते ७:०१ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २८ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले काँग्रेस निकट कानुन व्यवसायीको संस्था डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए)का नवनिर्वाचित पदाधिकारीलाई एकजुट भएर अगाडि बढ्न सुझाव दिएका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका कोइरालाले डिएलए पदाधिकारीहरुलाई बधाई दिँदै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका हुन् ।

भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री कोइरालाले भने, ‘सबै साथीलाई मिलाएर अगाडि बढ्नुस्, यतिखेर मुलुकलाई तपाईंहरुको ठूलो खाँचो छ । संविधान निर्माणमा पनि सहयोगका लागि दबाब दिनुहोस् ।’

कोइरालाले यतिखेर विश्वको ध्यान नेपालतर्फ भएकाले नयाँ संविधान निर्माण गरी शान्ति प्रक्रियाका काम सम्पन्न गर्न सबै एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका डिएलएका निवर्तमान अध्यक्ष यदुनाथ खनालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us