
सङ्खुवासभा, २८ फागुन – जिल्लाको दिदि गाविसको चिचिला जङ्गलमा विश्वकै दुर्लभ रूख उन्यूँ भेटिएको छ ।
विश्वको दुर्लभ वनस्पतिको सूचीमा रहेको दुर्लभ रूख उन्यूँ चिचिला सामुदायिक वनमा पाइएको जिल्ला वन कार्यालय सङ्खुवासभाले जनाएको छ ।
अन्य उन्यूँहरू सर्वसाधारणले सोत्तरका लागि काट्ने गरेका छन् भने पहिलोपटक भेटिएको दुर्लभ रूख उन्यूँ काट्न भने वन कार्यलयले रोक लगाएको छ ।