सार्क महासचिवको परराष्ट्र सचिवसँग भेट

काठमाण्डु टुडे २०७० फागुन २८ गते ७:०५ मा प्रकाशित

SAARC-LOGOकाठमाण्डु, २८ फागुन – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अर्जुनबहादुर थापाले निमित्त परराष्ट्र सचिव शङ्कर दास बैरागीसँग भेटवार्ता गरेका छन् ।

सचिव दासकै कार्यकक्षमा भएको शिष्टाचार भेटमा महासचिव थापाले दक्षिण एसियाका जनताको हितमा सार्कले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिमा नेपालले दिँदै आएको पूर्ण समर्थन जारी रहने विश्वास प्रकट गरेका थिए ।

साथै आगामी नोभेम्बरमा नेपालमा हुने १८ औँ सार्क शिखर सम्मेलनको तयारी लगायतका विविध विषयमा छलफल भएको सार्क सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us