ट्याक्टर दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन २८ गते ४:४७ मा प्रकाशित

पोखरा, २८ फागुन –कास्कीको भरतपोखरीमा ट्याक्टर दुर्घटना हुदा १ महिलाको मृत्यु भएको भएको छ ।
दुर्घटनामा परी ६ जना घाईते भएका छन् ।

गएराती डाँडागाउबाट पोखरातर्फ जादै गरेको ग १ त ३१ ६२ नम्बरको ट्याक्टर भरतपोखरी २ चिलाउने खर्कमा दुर्घटनामा हुँदा रौतहट सितलपुरकी ३२ बर्षीया किशोरी दासको मृत्यु भएको हो ।
ट्याक्टर सडकबाट करिब ४ सय मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सबैको पोखरा क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us