औचित्य पुष्टि गरेर हतियार उठाउँछौं : गजुरेल

काठमाण्डु टुडे २०७० फागुन २८ गते ७:२९ मा प्रकाशित

CP-Gajurelकाठमाण्डु, २८ फागुन – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले औचित्य पुष्टि गरेर हतियार उठाउने चेतावनी दिएका छन् ।

सिन्धुलीको आठौं जिल्ला सम्मेलनको निर्णय सार्वजनिक गर्न बुधबार सिन्धुलीमाडीमा आयोजित कार्यक्रममा बोल्दै गजुरेलले औचित्य पुष्टि गरेर हतियार उठाउने बताएका हुन् ।

जनसंविधान निर्माणका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनको भनाइ छ । आफूहरुले सडकबाटै संविधान जारी गर्ने भन्दै गजुरेलले मुलुकमा दुईवटा संविधान जारी हुने अवस्था आएको दावी गरे ।

आफ्नो पार्टीलाई भूमिगत बनाउन अन्य दलहरु लागि परेको आरोप लगाउँदै गजुरेलले तत्काल भूमिगत नहुने संकेत गरे ।

राष्ट्रिय स्वाधिनता, जनजीविका र जनसंविधानका लागि आन्दोलनको आँधीबेहरी ल्याउने भन्दै गजुरेलले आगामी चैत २४ गते आन्दोलन घोषणा गर्ने जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us