एमालेको नवौं महाधिवेशन कार्ययोजना पारित

काठमाण्डु टुडे २०७० फागुन २८ गते १२:२४ मा प्रकाशित

uml officeकाठमाण्डु, २८ फागुन – नेकपा एमालेले आगामी जेठ २४ गतेदेखि हुने नवौं महाधिवेशनको कार्ययोजना पारित गरेको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले महासचिव ईश्वर पोखरेल संयोजकत्वको कार्यदले तयार पारेको महाधिवेशन कार्ययोजना पारित गरेको हो ।

बैठकले चैत १५ गतेभित्र जिल्ला अधिवेशन गरिसक्ने, चैत मसान्तसम्म सदस्यता नविकरण गरिसक्ने र सोही अवधिभित्र महाधिवेसनमा पेश गर्ने दस्तावेजको मस्यौदा तयार पारिसक्ने निर्णय गरेको छ ।

दस्तावेज तयार पार्न अध्यक्ष झलनाथ खनाल संयोजकत्वको समितिलाई जिम्मा दिइएको छ ।

दस्तावेज लेखन समितिले तयार पारेको मस्यौदामाथि छलफल गरी अन्तिम रुप दिन आगामी बैशाख ५ गतेदेखि केन्द्रीय कमिटी बैठक बोलाउने एमालेले निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकले पारित गरेको दस्तावेजलाई बैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म देशव्यापी छलफलमा पठाईने सचिव युवराज ज्ञवालीले जानकारी दिए ।

एमालेको कार्ययोजनामा जेठ १५ गतेदेखि २० गतेसम्म महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि चयन गर्ने उल्लेख छ । महाधिवेशनमा करिब १ हजार ८ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us