प्रधानमन्त्री कोइराला र कमल थापाबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० फागुन २८ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, २८ फागुन – प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

कोइरालालाई भेट्न थापा साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक अवस्था र संविधान निर्माण प्रक्रियाका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

साथै सो अवसरमा स्थानीय निकायको चुनावका विषयमा समेत कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले बिमस्टेक सम्मेलन र आफ्नो म्यानमार भ्रमणका विषयमा चर्चा गरेका थिए ।

म्यानमारबाट फर्किएपछि कोइरालाले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us