
तनहुँ, २९ फागुन –तनहुँको सतिश्वरा गाविसको चन्द्रवती सामुदायिक अस्पताल चार वर्षदेखि आर्थिक अभावका कारण बन्द भएको छ ।
स्वास्थ्य सेवाका लागि भन्दै स्थानीयले सञ्चालन गरे पनि आर्थिक स्रोत नहुँदा र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा अस्पताल बन्द भएको अस्पताल सञ्चालक समितिका सचिव देशबन्धु खड्काले बताए ।
अस्पताल बन्द भएपछि दैनिक सयौँ बिरामीले सास्ती खेप्नु परेको स्थानीवासीको भनाइ छ ।
अस्पताल सञ्चालन हुँदा दैनिक सयभन्दा बढी बिरामीले स्वास्थ्य उपचार गराउन आउने गरेका थिए ।
सो अस्पताल बन्द भएपछि स्थानीय बासिन्दा सामान्य उपचारका लागि पनि १५ किलोमिटर टाढाको डुम्रे जानुपर्ने बाध्यता स्थानीयलाई छ ।
अस्पतालमा चिकित्सकसहित सातजना स्वास्थ्यकर्मीले १० शैयामा उपचार सेवा प्रदान गर्दै आएका थिए भने एउटा एन्बुलेन्ससमेत सञ्चालान गरेका थिए ।
करिब आठ रोपनी क्षेत्रफलमा ५० लाख रुपैयाँको लागतमा सामुदायिक अस्पताल स्थापना गरिएको हो ।