
काठमाण्डु, २८ फागुन – संविधानसभा र व्यस्थापिका–संसदको कार्यासञ्चालन नियमावलीको मस्यौदा सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाइएको छ । मस्यौदा समितिले बुधबार दुबै नियमावली पारित गरेर सभाध्यक्ष नेम्वाङलाई बुझाएको हो ।
समिति सभापति लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको बैठकले मस्यौदा पारित गरेको हो ।
समितिबाट पारित दुवै नियमावलीको मस्यौदासहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत गर्न नेम्वाङलाई बुझाइएको हो ।