‘प्रधानमन्त्रीकै कारण सरकार अपुरो’

काठमाण्डु टुडे २०७० फागुन २८ गते ४:१८ मा प्रकाशित

काठमाण्डु, २८ फागुन – सरकार गठनको एक महिना वितसक्दा पनि प्रधानमन्त्रीले तत्परता नदेखाएकोले साना दलहरुलाई समावेश गरेर मन्त्रिपरिषदलाई पुर्णता दिन ढिलाई भएको आरोप साना दलहरुले लगाएका छन्।
सत्ता साझेदार दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले दश-दशवटा मन्त्रालय भागबन्डा गरिसकेपछि बाँकी रहेको मन्त्रालय साना दलहरुलाई दिने सन्दर्भमा केही दलहरुसँग प्रधानमन्त्रीले छलफल गरेका थिए।तर सरकारमा जान खुट्टा उचालिसकेका दलहरुसँग पछिल्लो समयमा प्रधानमन्त्रीले छलफल नै नगरेको साना दलका नेताहरु बताउँछन्।
दुईवटा मन्त्रालयको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका महमन्त्री दिपक बोहरा भन्छन्, “प्रधानमन्त्रीले म विचार गर्दैछु भन्नु भएको छ, उहाँको जवाफ नआएको हुँदा कुरा अड्किएको छ।”
साना दलहरुको लागि छुट्याइएको ६ वटा मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन्।
सरकारमा जान इच्छुक अर्को दल नेकपा मालेका महासचिव सीपी मैनालीले पनि प्रधानमन्त्रीले हाल आफुहरुसँग मन्त्री परिषद विस्तारबारे कुरा नगरेको बताए।
सरकारका एकजना वरिष्ठ मन्त्रीले भने व्यस्तताका कारण ढिलाई भएको स्वीकार्दै चाँडै मन्त्रीपरिषद विस्तार गरीने बताए।
अर्थमन्त्री रामशरण महतले भन्छन्, “प्रधानमन्त्री पनि केही दिन यहाँ हुनुहुन्थेन, संसद लगायतका काममा पनि व्यस्त हुनु पर्यो, यो समय तोकेर मन्त्रिपरिषद विस्तार गरिने कुरा होइन, चाँडै नै हुन्छ।”
मन्त्रीपरिषदले पुर्णता नपाउदा मन्त्री विहिन मन्त्रालयका काम कार्वाहीहरुमा असहजता उत्पन्न भएको बताइन्छ। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us