दुधमा चर्को मुल्यबृद्धि, लिटरमा ८ रुपैया बढ्यो

काठमाण्डु टुडे २०७० फागुन २८ गते २:५१ मा प्रकाशित

Ddcकाठमाण्डु, २८ फागुन –दुग्ध विकास संस्थान डिडिसीले आजदेखि लाग हुने गरी दुधको मुल्य बढाएको छ ।

संस्थान सञ्चालक समितीले उपभोक्ताका लागि दुधको भाउमा प्रति लिटर ६ र ८ रुपैयाका दरले बृद्धि गरेको छ ।

उपभोत्ताले २५ रुपैयामा किन्दै आएको निलो रङको आधा लिटरको प्याकेटलाई अब २८ रुपैया र ३० रुपैयामा किन्दै आएको हरियो रङको प्याकेटलाइ ३४ रुपैया तिर्नुपर्नेछ ।

किसानहरुले दुधको लागत बढेकाले मुल्य बढाउन आन्दोलन थालेपछि मुल्य बढाउनु परेको डिडिसीका महाप्रबन्धक राम तपेश्वर चौधरीले जानकारी दिए ।

अहिले सम्म किसानले प्रतिलिटर ३२ देखि ३५ रुपैया प्राप्त गर्दै आएकोमा बुधावर देखि लागू हुने गरी बढेको मुल्यबाट उनीहरुले ४ रुपैया १५ पैसा प्राप्त गर्ने डिडिसीले जनाएको छ ।

दुधको यसपटक गरिएको मुल्य बृद्धि हाल सम्मकै उच्च भएको डिडिसीका एक पूर्व अधिकृतले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us