महाधिवेशन कार्य तालिका, टुंगो लगाउदै एमालेले

काठमाण्डु टुडे २०७० फागुन २८ गते २:४४ मा प्रकाशित

uml officeकाठमाण्डु, २८ फागुन –नेकपा एमालेले महाधिवेशन कार्यतालिकालाई अन्तिम रुप दिने तयारीमा जुटेको छ ।

आज बस्ने स्थायी कमिटीको बैठकले कार्यतालिकाको टुंगो लगाउने छ ।

बैठकमा नवौं महाधिवेशनको तयारीका बिषयमा छलफल हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञावालीले जानकारी दिए ।

महाधिबेशन आगामी जेठ २४ गतेबाट काठमाण्डुमा सुरु हुँदैछ ।

महाधिवेशनमा अध्यक्षका लागि बरिष्ठ नेता माधबकुमार नेपाल र संसदीय दलका नेता केपीशर्मा ओलीबीच प्रतिस्पर्धा हुने एमाले नेताहरुले बताएका छन् ।

अध्यक्षमा नेता ओलीले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

यसैबीच आजको बैठकमा सरकारले ल्याउने न्युनतम साझा नीति तथा कार्यक्रम र मन्त्रिहरुको आचारसंहिताका विषयमा छलफल हुने ज्ञावालीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us