द्वन्द्व प्रभावित क्षेत्र खोज्दै झापाली अगुवा

काठमाण्डु टुडे २०७० फागुन २७ गते ९:०२ मा प्रकाशित

भद्रपुर, २७ फागुन – विभिन्न क्षेत्रमा आबद्ध झापाली अगुवाहरुले जिल्लाका द्वन्द्व क्षेत्रहरुको पहिचान गरेका छन् ।

संवाद समूहको आयोजनामा विर्तामोडमा मंगलबार आयोजित कार्यक्रममा संवेदनशील द्वन्द्व र समस्यालाई समयमै सहज बनाउन सरकार र सरोकारवाला निकाय अग्रसर हुनुपर्नेमा उनीहरुले जोडसमेत दिएका छन् ।

सो अवसरमा सभासद् प्रेम गिरीले नदी कटान, सामुदायिक वनलगायतका क्षेत्रमा उत्पन्न द्वन्द्वबारे जानकारी गराउँदै उद्यमी, मजदुर, किसान र सरकारबीच देखिने द्वन्द्वबारे चिन्ता प्रकट गरेका थिए ।

अग्रज पत्रकार मदन ढकाल, नेपाली काँग्रेसका नेता भगीरथ पोद्धार, एकीकृत नेकपा (माओवादी)का नेता राजु आचार्य, तमलोपाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सङ्घीय लिम्बूवान राज्य परिषद्का महासचिव टेकबहादुर खजुम, कोचिला संयुक्त सङ्घर्ष समितिका संयोजक लेखराज खवास, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति रुपक खनाल, मजदुर नेता अरुण श्रेष्ठलगायतले जिल्लाका द्वन्द्व पहिचान र सम्बन्धमा आ–आफ्ना धारणा राखे ।

सो अवसरमा पशुचौपाया निकासी, रबर खेती, ठेक्कापट्टा, सुपारी निर्यात, वैदेशिक रोजगारी, भुटानी शरणार्थी, हात्ती आतङ्कलगायतका विषयमा पनि छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us