समाचार

द्वन्द्वका यौन पीडित महिलाको धर्ना

२०७० फागुन २६ गते १२:०१

काठमाण्डु, २६ फागुन – द्वन्द्वकालमा यौनहिंसामा परेका पीडित महिलाको न्यायका लागि आज महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले सिंहदरबार अगाडि दुई घण्टा धर्ना दिएको छ । १०४औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सञ्जालले १० वर्षे सशस्त्र द्वन्द्वका बेलामा बलात्कृत भएका र यौनहिंसामा परेको महिलाहरूको न्यायका लागि...

सरकारको नीति तथा कार्यक्रम भोलिसम्ममा

२०७० फागुन २६ गते १२:००

काठमाण्डु, २६ फागुन – सरकार गठन भएको झण्डै दुई महिना पछि मंगलबारसम्ममा न्युनतम साझा नीति तथा कार्यक्रम ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारसम्ममा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने निर्णय गरेको हो । पुस २७ मा सुशील कोइरालाको नेतृत्वमा गठित गठबन्धन...

प्रचण्डले कोइरालालाई भने, ‘सहमितकै आधारमा संविधान निर्माण गरौं’

२०७० फागुन २६ गते ११:३७

काठमाण्डु, २६ फागुन – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माण प्रक्रियालाई सहमतिका आधारमा अघि बढाउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । प्रधानमन्त्री कोइरालासँग सोमबार आफ्नै निवासमा भएको भेटमा प्रचण्डले सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्ने बताएका हुन् । ‘संविधान निर्माण प्रक्रियालाई...

हेलो सरकारमा उजुरी, ‘कर्मचारीतन्त्र सफाइ गर्नुपर्यो’

२०७० फागुन २६ गते ११:३०

काठमाण्डु, २६ फागुन – जनताको गुनासो सुन्न स्थापित ‘हेलो सरकार’मा गत माघ महिनामा प्राप्त ६ सय ४० गुनासो मध्ये ४ सय ५८ वटाको समाधान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दावी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका सचिव कृष्णहरि...

आफ्नै बाबुलाई गोली हान्ने जेल चलान

२०७० फागुन २६ गते १०:४४

गौशाला, २६ फागुन – आफ्नै बाबुलाई दुई पटक गोली हानी हत्याको प्रयास गरेका एक युवकलाई सोमबार जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । यसरी जेल चलान हुनेमा जिल्लाको कोल्हुवा बगेया गाविस–६ बस्ने वर्ष ३० का दीपु भनिने विमलेन्द्रकुमार शर्मा रहेको जिल्ला...

संविधानसभाको दिन गिन्ती सुरु भइसक्यो : मन्त्री खड्का

२०७० फागुन २६ गते १०:४२

रुकुम, २६ फागुन – सहरी विकास मन्त्री डा. नारायण खड्काले संविधानसभाको दिन गिन्ती सुरु भइसकेको बताएका छन् । जिल्ला विकास समिति रुकुमको सातौँ जिल्ला परिषद्को सोमबार उद्घाटन गर्दै मन्त्री खड्काले संविधानसभाको दिन गिन्ती सुरु भएको महिना दिन पुगेको बताए । अब जसरी भएपनि ११...

मन्त्रिमण्डल समावेशी भएन : नेत्री कोइराला

२०७० फागुन २६ गते ९:०५

विराटनगर, २६ फागुन – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् महिला नेत्री सुजाता कोइरालाले वर्तमान मन्त्रिमण्डल गठनमा समावेशीकरण नभएको बताएकी छिन् । प्रेस युनियन मोरङद्वारा सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले अब विस्तार हुने मन्त्रिमण्डलमा पिछडिएका जातजाति, मुस्लिम, महिला एवम् कर्णाली अञ्चलको उचित प्रतिनिधित्व हुनुपर्नेमा...

ज्यान मारेको अभियोगमा ३७ जना पक्राउ

२०७० फागुन २६ गते ८:०५

खोटाङ, २६ फागुन – ज्यान मारेको अभियोगमा खोटाङको पाथेका गाविसका ३७ जना पक्राउ परेका छन् । पाथेका–४ का १८ वर्षीय एलिस भनिने अजय राईको हत्या गरेको अभियोगमा स्थानीय गणेश गिरीलगायत ३७ जना पक्राउ परेका हुन् । राईले स्थानीयवासीलाई दुःख दिएको भन्दै हातखुट्टा भाँचेर प्रहरीलाई...

सम्पत्ति शुद्धीकरण ऐन अपराध नियन्त्रणमा कोशेढुंगा

२०७० फागुन २६ गते ७:४९

काठमाण्डु, २६ फागुन – नेपाली समाजमा बढ्दै गएको सामाजिक अपराध नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरण कानुन काशेढुङ्गा साबित भएको छ । विश्वव्यापीकरणको मान्यताअनुरुप नेपालले आफूलाई कालोसूचीबाट जोगाउन २०६४ सालमा ल्याएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ ले आज नेपाली समाजमा सामाजिक अपराध गरी अकूत...

चित्रबहादुरले सदनमा भने, ‘सत्ता पक्षले गाईजात्रा देखायो’

२०७० फागुन २६ गते ७:२४

काठमाण्डु, २६ फागुन – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता पक्षले नै सडकमा गाईजात्रा देखाएको आरोप लगाएका छन् । सोमबार व्यवस्थापिका संसद बैठकको शुन्य समयमा बोल्दै केसीले सत्ता पक्षकै कार्यकर्ता सडकमा उत्रिएर गाईजात्रा देखाएको आरोप लगाए । केही दिनदेखि सत्ता पक्षकै केही व्यक्तिले बन्दुक...

सरकार उदासीन रहेको अस्थायी शिक्षकको आरोप

२०७० फागुन २६ गते ७:०६

काठमाण्डु, २६ फागुन – विगतमा गरिएका सहमतिको कार्यान्वयनको माग राख्दै अस्थायी शिक्षकले ८३ दिन अघिदेखि रिले अनशन जारी राख्दै आएपनि सरकारले त्यसप्रति सुनुवाइ नगरेको शिक्षकले गुनासो गरेका छन् । काठमाण्डुको शान्ति बाटिकामा लामो समयसम्म जायज मागसहित अनशन जारी राखिए पनि त्यसप्रति सरकार उदासीन रहेको...

सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै

२०७० फागुन २६ गते ६:२८

मुगु, २६ फागुन – जिल्ला सदरमुकाम गमगढीमा रहेका केही सरकारी कार्यालय र सार्वजनिक जग्गामा बजारमै बसोवास गर्ने केही व्यक्तिले आँखा गाड्दै अतिक्रमण गरिरहे पनि सम्बन्धित निकाय भने मौन देखिएका छन् । सदरमुकाम गमगढीको मूल बजारमा रहेको जिल्ला वन कार्यालय, नेपाल खाध्य संस्थान र पशुसेवा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us