चित्रबहादुरले सदनमा भने, ‘सत्ता पक्षले गाईजात्रा देखायो’

काठमाण्डु टुडे २०७० फागुन २६ गते ७:२४ मा प्रकाशित

chitra bdr kcकाठमाण्डु, २६ फागुन – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता पक्षले नै सडकमा गाईजात्रा देखाएको आरोप लगाएका छन् ।

सोमबार व्यवस्थापिका संसद बैठकको शुन्य समयमा बोल्दै केसीले सत्ता पक्षकै कार्यकर्ता सडकमा उत्रिएर गाईजात्रा देखाएको आरोप लगाए ।

केही दिनदेखि सत्ता पक्षकै केही व्यक्तिले बन्दुक लिएर हिँडेकाले प्रहरीले पक्रँदा प्रहरीलाई नै कारबाही गर्ने माग गर्दै सडकमा के गाइजात्रा गर्न खोजेको हो यो ?’ केसीले प्रश्न गरे ।

साथै उनले यस विषयमा तत्काल सदनलाई जानकारी गराउन सरकार समक्ष माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us