हेलो सरकारमा उजुरी, ‘कर्मचारीतन्त्र सफाइ गर्नुपर्यो’

काठमाण्डु टुडे २०७० फागुन २६ गते ११:३० मा प्रकाशित

hello sarkarकाठमाण्डु, २६ फागुन – जनताको गुनासो सुन्न स्थापित ‘हेलो सरकार’मा गत माघ महिनामा प्राप्त ६ सय ४० गुनासो मध्ये ४ सय ५८ वटाको समाधान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दावी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाका अनुसार प्राप्त गुनासोमध्ये ५३ गुनासो ‘हेलो सरकार’ले आफैँ समाधान गरेको छ ।

यस्तै अन्य गुनासोमध्ये ५५ गुनासो उच्च प्राथमिकतामा, ४०० प्राथमिकतामा र १३२ साधारणमा वर्गीकृत भई समाधानका लागि विभिन्न निकायमा पठाइएको छ ।

माघमा प्राप्त गुनासोमा बस समितिको झगडामा वार्ता गराई अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पठाइएको, सरकारी परिचयपत्र दिलाइएको, तालिकाअनुसार विद्युत्भार कटौतीको अवधिपछि पनि बत्ती काटिएकामा तत्काल त्यसको समाधान गरिएको छ ।

यस्तै नापी कार्यालयवाट सेवा प्रवाह गराइएको, चितवनको गड्यौलीमा बत्ती बाल्न लगाइएको, निजामती अस्पतालमा डाक्टरलाई सेवामा उपलब्ध गराइएको, वैदेशिक रोजगारीमा बिरामी भएकालाई उद्धार गरिएको, बिग्रिएको टेलिफोन मर्मत गराइएको जस्ता उपलब्धि प्राप्त भएको छ ।

कर्मचारीतन्त्र पनि सफाइ गर्नुपर्यो
‘ठमेल–गोङ्गबुको बाटो साँघुरो भयो, कम्पनी रजिस्ट्रार कार्यालयको अनलाइन खुलेन, वृद्ध भत्ता ६० वर्षको उमेरदेखि नै दिनुपर्छ, खानेपानीका ट्यांकरले पानी चुहाउँदै हिँडे, रोल्पाको राङ्छीमा स्काइ फोनले राम्रो काम गरेन, वाग्मती नदी सफा गरे जस्तै कर्मचारीतन्त्रभित्र पनि सफाइ गर्नुपर्यो, काठमाण्डुमा सडक जस्तै पुल पनि चौडा गर्नुप¥यो’ जस्ता उजुरी माघमा प्राप्त भएका थिए ।

विसं २०६८ कात्तिक १७ गते स्थापित ‘हेलो सरकार’मा गत माघ मसान्तसम्ममा २८ हजार ५४० गुनासो प्राप्त भएका छन् । सोमध्ये २७ हजार ७९६ गुनासो फछ्र्यौट भई फछ्र्यौट प्रतिशत ९७ रहेको सचिव बाँस्कोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us