सरकारको नीति तथा कार्यक्रम भोलिसम्ममा

काठमाण्डु टुडे २०७० फागुन २६ गते १२:०० मा प्रकाशित

singh durbarकाठमाण्डु, २६ फागुन – सरकार गठन भएको झण्डै दुई महिना पछि मंगलबारसम्ममा न्युनतम साझा नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारसम्ममा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने निर्णय गरेको हो ।

पुस २७ मा सुशील कोइरालाको नेतृत्वमा गठित गठबन्धन सरकार विस्तार भएपछि दोस्रो पटक बसेको बैठकले विभिन्न मन्त्रालयको नियमित बढुवाको प्रस्ताव पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री कोइरालाले बिमस्टेक बैठकमा नेपालको सहभागिता र उपलब्धीबारे जानकारी गराएका थिए।

त्यस्तै, वन मन्त्रालयामा केही दरबन्दी थप्ने र विभिन्न निकायले दिने सहयोग स्विकार गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us