ज्यान मारेको अभियोगमा ३७ जना पक्राउ

काठमाण्डु टुडे २०७० फागुन २६ गते ८:०५ मा प्रकाशित

pakrau-arrestखोटाङ, २६ फागुन – ज्यान मारेको अभियोगमा खोटाङको पाथेका गाविसका ३७ जना पक्राउ परेका छन् । पाथेका–४ का १८ वर्षीय एलिस भनिने अजय राईको हत्या गरेको अभियोगमा स्थानीय गणेश गिरीलगायत ३७ जना पक्राउ परेका हुन् ।

राईले स्थानीयवासीलाई दुःख दिएको भन्दै हातखुट्टा भाँचेर प्रहरीलाई बुझाउने निर्णय गरेर शुक्रबार कुटपिट गरेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताए ।

उनले भने, ‘पटक–पटक दुःख दिइरहने भएकाले उनको अत्याचार खेप्न नसकेपछि निर्णय गरेरै कुटपिट गरेका रहेछन्, कुट्दा–कुट्दै निजको मृत्यु भएछ ।’
साहका अनुसार कुटपिट गर्ने सबैलाई पक्राउ गरिएको छ ।

यसमध्ये तीन महिला रहेका छन् । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी नायब निरीक्षक यादव गौतमले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us