काठमाण्डु, २५ फागुन – उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा रहेको बताएका छन् । जिल्ला विकास समिति ललितपुरको २३ औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण गर्न आइतबार आयोजित कार्यक्रममा उनले स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा...
वीरगन्ज, २५ फागुन – भारतमा बालश्रम गराउन लगिँदैगरेको अवस्थामा प्रहरीले पाँच बालकको उद्धार गरेको छ । कानुनविपरीत बालश्रम गराउन लगिरहेको अवस्थामा उनीहरूलाई वीरगन्ज उपमहानगरपालिका–१८ भिस्वाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बालकहरुलाई भारतमा रङ उत्पादन गर्ने कारखाना...
काठमाण्डु, २५ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभाबाट एक वर्षभित्र नयाँ संविधान जारी हुने बताएका छन् । एक वर्षभित्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्ने दाबी उनको छ । उनले भावी संविधानका अधिकांश विषयमा सहमति जुटिसकेकाले संविधान जारी गर्न एक वर्षको समय...
काठमाण्डु, २५ फागुन – काठमाण्डुको सिनामंगलस्थित सुकुम्बासी वस्तीमा भीषण आलगागी भएको छ । आगलागीबाट वस्तीमा रहेका २५ भन्दा बढी टहरा जलेका छन् । सेना, प्रहरी र सशस्त्र प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । सुकुम्बासी वस्तीको बीचमा रहेको कवाडी उद्योगमा विद्युत सर्ट...
काठमाण्डु, २५ फागुन– प्रहरीले युवतीको प्रयोग गरी काठमाण्डुको थानकोटबाट झण्डै आधा दर्जन चोर पक्राउ गरेको छ । स्थानीयले पटकपटक सामान चोरी हुने गरेको गुनासो गरेपछि प्रहरीले युवतीलाई टेलिफोन गर्न लगाएर चोर समातेको हो । महानगरीय प्रहरी वृत्त थानकोटले आइतबार साँझ फिल्म हेर्न जाने बहानामा...
काठमाण्डु, २५ फागुन– संविधानसभा नियमावली मस्यौदा तयार पार्न गठित समितिको बैठक आज पनि बसेको छ । सिंहदरबारमा जारी बैठकमा विवादित विषयमा सहमति जुटाउने प्रयासमा छलफल भइरहेको छ । काँग्रेस–एमालेबीच संविधान राष्ट्रपति वा संविधानसभा अध्यक्षमध्ये कसले प्रमाणीकरण गर्ने भन्ने विवादका कारण मस्यौदाले अन्तिम रुप पाउन...
सप्तरी, २५ फागुन– अन्तर्राष्ट्रिय नारी दिवसका दिन शनिबार शरीरमा मट्टीतेल खन्याएर आगो लगाइएकी एक गर्भवती महिलाको ज्यान गएको छ । जिउँदै आगो लगाइएकी राजविराज नगरपालिका–७ का गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षीया नजराना खातुनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको...
म्याग्दी, २५ फागुन – मर्मतका लागि दस दिनपहिले बन्द गरिएको हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा सवारी सञ्चालन हुन थालेको छ । सडक विभाग पोखराले म्याग्दीको दाना गाविसको काभ्रे भीरखण्डमा पिसिसी ढलान गरी सडक मर्मत गर्नका लागि फागुन १५ गतेदेखि एक...
काठमाडौँ, २५ फागुन – प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाबीच आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटघाट भएको छ । भेटघाटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, स्थानीय निर्वाचन र सरकारमा राप्रपाको सहभागिता विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले एक...
काठमाण्डु, २५ फागुन – हतियार सहित पक्राउ परेका नेविसंघका नेता शुभराम बस्नेतको रिहाई गर्दै बिद्यार्थीले तालबन्दी गरेपछि शंकरदेव क्याम्पसका चार हजार बिद्यार्थी दुई घण्टा थुनिएपछि मुक्त भएका छन् । उनीहरु कक्षाकोठामा थुनिएका थिए । बिद्यार्थीले बाहिरबाट गेटमा ताला लगाएपछि उनीहरु भित्रै थुनिएका हुन् ।...
काठमाण्डु, २५ फागुन –संविधानसभा नियमावली मस्यौदा समितिको बैठक आज बस्ने भएको छ । विहान ११ बजेपछि बस्ने आजको बैठकमा सहमतिको अन्तिम प्रयास हुने भएको छ । सहमति कायम हुन नसकेमा प्रक्रियाबाट भएपनि टुंगो लगाउनुपर्ने निष्कर्ष समितिका सदस्यहरुले निकालेका छन् । संविधानको प्रमाणीकरण कसले गर्ने,...
काठमाण्डु, २५ फागुन –प्रधानमन्त्री शुशील कोइरालाले आज राष्ट्रपति रामबरण यादबसंग भेटबार्ता गर्ने भएका छन् । म्यानमार भ्रमणबाट फर्किए लगत्तै सरकार बिस्तार र नीति तथा कार्यक्रमको छलफल गर्ने बताएका थिए । राष्ट्रपति भबन शीतल निवासमा साँझ हुने भेटमा म्यानमार भ्रमण, सरकार बिस्तार र संबिधान निर्माणमा...