प्रधानमन्त्री र राणाबीच भेट

काठमाण्डु टुडे २०७० फागुन २५ गते ४:५८ मा प्रकाशित

Sushil-Koiralaकाठमाडौँ, २५ फागुन – प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाबीच आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटघाट भएको छ ।

भेटघाटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, स्थानीय निर्वाचन र सरकारमा राप्रपाको सहभागिता विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्न सरकार उच्च प्राथमिकताका साथ अधि बढेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us