बेनी–जोमसोम सडक दस दिनपछि खुल्यो

काठमाण्डु टुडे २०७० फागुन २५ गते ५:०४ मा प्रकाशित

म्याग्दी, २५ फागुन – मर्मतका लागि दस दिनपहिले बन्द गरिएको हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा सवारी सञ्चालन हुन थालेको छ ।
सडक विभाग पोखराले म्याग्दीको दाना गाविसको काभ्रे भीरखण्डमा पिसिसी ढलान गरी सडक मर्मत गर्नका लागि फागुन १५ गतेदेखि एक महिनाका लागि सवारी सञ्चालनमा रोक लगाएको थियो ।
ठेकेदार कम्पनीले सम्झौतामा उल्लेख भएको शर्त र समयतालिकाअनुसार काम नगरेपछि योजना स्थगित गरी आइतबार बिहानदेखि सवारी सञ्चालनका लागि खुला गरिएको सडक विभाग पोखराका इन्जिनियर अमितकुमार श्रेष्ठले जानकारी दिए ।

जीर्ण र जोखिमयुक्त मानिएको करिब एक किलोमिटर क्षेत्रमा पिसिसी ढलान गर्ने योजनाका लागि सडक विभागले म्याग्दीको झीँ निर्माण सेवा कम्पनीसँग सम्झौता गरेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us