
काठमाण्डु, २५ फागुन –संविधानसभा नियमावली मस्यौदा समितिको बैठक आज बस्ने भएको छ ।
विहान ११ बजेपछि बस्ने आजको बैठकमा सहमतिको अन्तिम प्रयास हुने भएको छ । सहमति कायम हुन नसकेमा प्रक्रियाबाट भएपनि टुंगो लगाउनुपर्ने निष्कर्ष समितिका सदस्यहरुले निकालेका छन् ।
संविधानको प्रमाणीकरण कसले गर्ने, संविधानसभामा ह्वीप लगाउने कि नलगाउने र ककस गठन गर्न पाउने कि नपाउने भन्ने विषयमा समितिमा विवाद देखिएको छ ।
संविधानको विधेयक राष्ट्रपतिबाट गराउनुपर्ने कांग्रेस अडान रहेको छ भने एमालेले सभामुखबाट गराउनुपर्ने अडान राखेको छ ।
कांग्रेस र एमालेबीचको यो विवादले सहमतिमा पुग्न सकेकाे छैन ।