प्रधानमन्त्री कोइरालाले राष्ट्रपति भेट्ने

काठमाण्डु टुडे २०७० फागुन २५ गते २:३१ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २५ फागुन –प्रधानमन्त्री शुशील कोइरालाले आज राष्ट्रपति रामबरण यादबसंग भेटबार्ता गर्ने भएका छन् ।

म्यानमार भ्रमणबाट फर्किए लगत्तै सरकार बिस्तार र नीति तथा कार्यक्रमको छलफल गर्ने बताएका थिए ।

राष्ट्रपति भबन शीतल निवासमा साँझ हुने भेटमा म्यानमार भ्रमण, सरकार बिस्तार र संबिधान निर्माणमा भईरहेका प्रगती बारे कोइरालाले राष्ट्रपतिलाई जानकारी गराउने छन् ।

नयाँ संबिधानको प्रमाणिकरणको बिबादमा राष्ट्रपति संस्था नै जोडिन थालेपछि राष्ट्रपति कार्यालयले त्यसो नगर्न दलहरुलाई आग्रह गर्दै आएको छ ।

यसैबीच, प्रधानमन्त्री कोइरालाले आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमसेर राणासंग सरकार बिस्तारका बिषयमा परामर्श गर्दै छन् । प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा हुने भेटमा कोइरालाले सरकारमा सरकारमा सहभागी हुन आग्रह गर्नुहुने बताइएको छ ।

संबिधानसभामा १३ सीट जितेको राप्रपाले सभासदको संख्याको आधारमा मन्त्रालय दिन आग्रह गर्दै आएको छ । राप्रपाले ५ सभासद भएको नेकपा मालेलाई

सरह एक मन्त्रालय छुट्टयाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us