पाँच बालकको उद्धार

काठमाण्डु टुडे २०७० फागुन २५ गते १०:१० मा प्रकाशित

वीरगन्ज, २५ फागुन – भारतमा बालश्रम गराउन लगिँदैगरेको अवस्थामा प्रहरीले पाँच बालकको उद्धार गरेको छ ।

कानुनविपरीत बालश्रम गराउन लगिरहेको अवस्थामा उनीहरूलाई वीरगन्ज उपमहानगरपालिका–१८ भिस्वाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालकहरुलाई भारतमा रङ उत्पादन गर्ने कारखाना र रङ लगाउने जस्ता जोखिमपूर्ण कार्य गराउनका लागि भारततर्फ लगिँदै थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us